Saturday, October 27, 2012

                    दसै तिहार आउँदा घर को सम्झना धेरै नै आउदो रैछ । बिहानै नुआइ धुवै गरेर दुर्गा भवनी को पुजा गर्दै , दसै को धुन सुदा को छड अजै पनि कान म गुन्जिरहछ ।आम बुवा ले दिने गरेको आसिर्बाद ऐले पनि सम्झिने गर्चु, सबै कन्थस्तै भैसकेको छ ति बितेक २२ बर्षा को दसै ।  तिहार को देउसी भैलो को सम्झना अजै पनि उस्तै छ । दिदिहरु ले लगैदिनु भएको तिका अजै पनि झरेको छैन जस्तो लाग्छ, मखमली र सयपत्री को माला ओइलाएको छैन जस्तै लाग्छ । ।


                     नेपाल छाडेको, र मेरो जन्म दिन पनि एउटै दिन पर्छ । यो दसै मा ३ बर्ष भयो निदार खाली भएको ,समय ले डाडो काटेको पतै भएन । दसै त एतिकै बित्यो, तिहार मा चै निदार खाली राख्न मन छैन । एउटी राम्री बैनी छिन अब उनिकै हात बाट टिका लाउने जमर्को गरेको छु । उनि मेरो कान्छी दिदी जस्तै स्वोभाव भएको छिन्, सायाद तिहार  चै रमाइलो हुन्छ भन्ने आसा लिएको छु ।
बिदेशी को दसै तिहार एस्तै रहेछ।।।

No comments:

Post a Comment